नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य

नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, चैत २३ । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले बरोडाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो ।

बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का सहित विष्फोटक इनिङ खेल्दै २९ रन बनाए ।

यस्तै ओपनर अमित पासीले २४ बलमा २६ रनको योगदान गरे । मोहित मोंगियाले २० बलमा ४ चौका सहित २२ रन बनाए । अभिमन्यु सिंह राजपुतले ११ रनको योगदान गरे ।

नेपालका लागि करन केसी र गुलशन झाले समान २-२ विकेट लिए भने आकाश चन्द, प्रतिश जिसी, ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाउने छन् भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका छन् ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् ।

नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन् । नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहिन छ ।

नेपाली टोली: 

दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, प्रतिश जिसी, ललित राजबंशी, करन केसी, आकाश चन्द

बेन्च: रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख

Published Date: 05 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु