नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य

नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, चैत २३ । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले बरोडाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो ।

बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का सहित विष्फोटक इनिङ खेल्दै २९ रन बनाए ।

यस्तै ओपनर अमित पासीले २४ बलमा २६ रनको योगदान गरे । मोहित मोंगियाले २० बलमा ४ चौका सहित २२ रन बनाए । अभिमन्यु सिंह राजपुतले ११ रनको योगदान गरे ।

नेपालका लागि करन केसी र गुलशन झाले समान २-२ विकेट लिए भने आकाश चन्द, प्रतिश जिसी, ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाउने छन् भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका छन् ।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् ।

नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन् । नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहिन छ ।

नेपाली टोली: 

दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अनिल साह, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, प्रतिश जिसी, ललित राजबंशी, करन केसी, आकाश चन्द

बेन्च: रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2024
Website | + posts