उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा दियो यस्तो आदेश

उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा दियो यस्तो आदेश : Icon Khabar

काठमाडौँ, चैत २३ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् ।

पुनरावेदन मुद्दामा यदि झगडिया झिकाइनु (झझी) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझीको आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ । जसलाई ‘सुरू सदर’ भन्ने गरिन्छ । सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् ।

Published Date: 05 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु