माओवादी पूर्व लडाकु कमाण्डर खामलाई थुनामा पठाउन आदेश

माओवादी पूर्व लडाकु कमाण्डर खामलाई थुनामा पठाउन आदेश : Icon Khabar

चितवन, चैत २३ । जिल्ला अदालत चितवनले पूर्व माओवादी लडाकु कमाण्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए । न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो ।

बिहीबार पनि बहस भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा खाम सोमबार पक्राउ परेका थिए । खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो । मृतक श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । रमिलाका अनुसार त्यसको १० दिनपछि बटालाले उनलाई श्रीमानसँग एकपटक फोन सम्पर्क गराएका थिए। श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशूली नदीमा भेटिएको थियो ।

त्यसपछि उनको परिवारले खाम सहित तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए । प्रहरीले अनुसन्धान सकेपछि उनको मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो । सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए । खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको उनले बताए ।

ब्रिगेडियर कमाण्डर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसेका छन् । सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो । खामलाई हिजो प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो ।

Published Date: 05 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु