आयरल्यान्ड एविरुद्ध नेपाल ए को लज्जास्पद हार

आयरल्यान्ड एविरुद्ध नेपाल ए को लज्जास्पद हार : Icon Khabar

काठमाडौँ, चैत २३ । आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवशीय शृंखला पनि कब्जा गरेको छ । टि-२० शृंखला २-१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २-० ले कब्जा गरेको हो ।

शुक्रवार भएको दोस्रो खेलमा आयरल्यान्डले ११४ रनको फराकिलो जित निकाल्न सफल भयो । आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १६.५ ओभरमा सबै विकेट गुमाउदै ६० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि भिम शार्की र बिनोद भण्डारीले मात्र दोहोरो अंकमा रन बनाउन सके । भिमले २१ बल खेल्दै २ चौका र १ छक्का सहित १७ रन बनाएका थिए । बिनोदले भए १९ बलमा १६ रनको योगदान गरे ।

नेपालका ओपनर देव खनाल इनिङको तेस्रो बलमा नै शुन्यमा पेभेलियन फर्किएका थिए । आज टोलीमा आएका नरेन भट्ट पनि ६ रन बनाएर तेस्रो ओभरमा नै आउट भए । दुवै विकेट फियोन ह्याण्डले लिएका थिए ।

चौथो विकेटका रुपमा आउट हुने भिम थिए । उनलाई म्याथिउ हम्फ्रिजले क्याच आउट गराएका थिए । अनुभवी ब्याटर आरिफ शेख लाइ हम्फ्रिजले नै शुन्यमा पेभेलियन फर्काए । यस्तै बसिर अहमद पनि ६ रन मात्र बनाएर थोमस माएसको शिकार बने ।

रिजन ढकाल पनि खाता खोल्नु अघि हम्फ्रिज कै बलमा एलबिडब्लु आउट भए । आठौ विकेटका रुपमा कप्तान बिनोद माएस द्वारा स्लिपमा क्याच आउट भए । शाहब आलमलाई हम्फ्रिजले १ रनमा पेभेलियन फर्काए । त्यसलगत्तैको बलमा मौसम ढकाल पनि हम्फ्रिजद्वारा बोल्ड भए ।

आयरल्यान्ड वल्भसका लागि म्याथिउ हम्फ्रिज एक्लैले ४.१ ओभरमा ८ रन दिंदै ६ विकेट लिए । यस्तै फियोन ह्याण्ड र थोमस माएसले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2024
Website | + posts










ताजा
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड
रास्वपाको उम्मेदवार हुन प्रहरी रिपोर्ट पेश गर्नुपर्ने










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला