आयरल्यान्ड एविरुद्ध नेपाल ए को लज्जास्पद हार

आयरल्यान्ड एविरुद्ध नेपाल ए को लज्जास्पद हार : Icon Khabar

काठमाडौँ, चैत २३ । आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवशीय शृंखला पनि कब्जा गरेको छ । टि-२० शृंखला २-१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २-० ले कब्जा गरेको हो ।

शुक्रवार भएको दोस्रो खेलमा आयरल्यान्डले ११४ रनको फराकिलो जित निकाल्न सफल भयो । आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १६.५ ओभरमा सबै विकेट गुमाउदै ६० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि भिम शार्की र बिनोद भण्डारीले मात्र दोहोरो अंकमा रन बनाउन सके । भिमले २१ बल खेल्दै २ चौका र १ छक्का सहित १७ रन बनाएका थिए । बिनोदले भए १९ बलमा १६ रनको योगदान गरे ।

नेपालका ओपनर देव खनाल इनिङको तेस्रो बलमा नै शुन्यमा पेभेलियन फर्किएका थिए । आज टोलीमा आएका नरेन भट्ट पनि ६ रन बनाएर तेस्रो ओभरमा नै आउट भए । दुवै विकेट फियोन ह्याण्डले लिएका थिए ।

चौथो विकेटका रुपमा आउट हुने भिम थिए । उनलाई म्याथिउ हम्फ्रिजले क्याच आउट गराएका थिए । अनुभवी ब्याटर आरिफ शेख लाइ हम्फ्रिजले नै शुन्यमा पेभेलियन फर्काए । यस्तै बसिर अहमद पनि ६ रन मात्र बनाएर थोमस माएसको शिकार बने ।

रिजन ढकाल पनि खाता खोल्नु अघि हम्फ्रिज कै बलमा एलबिडब्लु आउट भए । आठौ विकेटका रुपमा कप्तान बिनोद माएस द्वारा स्लिपमा क्याच आउट भए । शाहब आलमलाई हम्फ्रिजले १ रनमा पेभेलियन फर्काए । त्यसलगत्तैको बलमा मौसम ढकाल पनि हम्फ्रिजद्वारा बोल्ड भए ।

आयरल्यान्ड वल्भसका लागि म्याथिउ हम्फ्रिज एक्लैले ४.१ ओभरमा ८ रन दिंदै ६ विकेट लिए । यस्तै फियोन ह्याण्ड र थोमस माएसले समान २-२ विकेट लिए ।

Published Date: 05 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु