दक्षिण अफ्रिकाकी पूर्व सभामुख भ्रष्टाचार आरोपमा पक्राउ

दक्षिण अफ्रिकाकी पूर्व सभामुख भ्रष्टाचार आरोपमा पक्राउ : Icon Khabar

काठमाडौँ, चैत २३ ।  दक्षिण अफ्रिकाकी पूर्व सभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेकी छिन् । बुधवार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित समेत गराइएको छ ।

मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले बताइन् । संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको उक्त मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।

राष्ट्रपति सिरिल रामाफोसा र उनका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिएकी हुन् । उनीमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको छ । मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख र्‍याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ मागेका थिए । न्यायाधीशले ५० हजार र्‍यान्डको जमानत तोक्दै मुद्दालाई जुन ४ सम्मका लागि स्थगित गरेका छन् । रासस

Published Date: 05 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न