सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी

सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी : Icon Khabar

काठमाडौँ, चैत २३ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज (शुक्रबार) पाटन उच्च अदालतमा पेशी रहेको छ । आज अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ ।

अदालतले आजका लागि पेशी तोकेको छ । अपिलकर्ताले उच्च अदालतसमक्ष तल्लो अदालतको आदेशमा गम्भिर त्रुटि भएको भन्दै अपिल गर्ने गर्छन् । त्यसपछि अदालतले मुद्दालाई पुनरावलोकन गर्ने कि नगर्ने निर्णय लिनेछ । सन्दीपका कानुन ब्यवसायि सरोज कृष्ण घिमिरेले दुबै पक्ष उच्च अदालतमा पुगेकाले स्वभाविक रुपमा मुद्दा पुनरावलोकन हुने विश्वास ब्यक्त गरे ।

Published Date: 05 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न