सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी

सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी : Icon Khabar

काठमाडौँ, चैत २३ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज (शुक्रबार) पाटन उच्च अदालतमा पेशी रहेको छ । आज अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ ।

अदालतले आजका लागि पेशी तोकेको छ । अपिलकर्ताले उच्च अदालतसमक्ष तल्लो अदालतको आदेशमा गम्भिर त्रुटि भएको भन्दै अपिल गर्ने गर्छन् । त्यसपछि अदालतले मुद्दालाई पुनरावलोकन गर्ने कि नगर्ने निर्णय लिनेछ । सन्दीपका कानुन ब्यवसायि सरोज कृष्ण घिमिरेले दुबै पक्ष उच्च अदालतमा पुगेकाले स्वभाविक रुपमा मुद्दा पुनरावलोकन हुने विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने