इलाममा देउवाकै रोजाइका डम्बर खड्काले पाए कांग्रेसबाट टिकट

इलाममा देउवाकै रोजाइका डम्बर खड्काले पाए कांग्रेसबाट टिकट : Icon Khabar

काठमाडौं, चैत २२ । कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने