इलाममा देउवाकै रोजाइका डम्बर खड्काले पाए कांग्रेसबाट टिकट

इलाममा देउवाकै रोजाइका डम्बर खड्काले पाए कांग्रेसबाट टिकट : Icon Khabar

काठमाडौं, चैत २२ । कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

Published Date: 04 April 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु