बालेनको चरित्र हत्या गरेको आरोपमा निलम्बनमा परेका पौडेल पक्राउ

बालेनको चरित्र हत्या गरेको आरोपमा निलम्बनमा परेका पौडेल पक्राउ : Icon Khabar

काठमाडौं, चैत २२ । मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।

सो प्रकरणपछि पौडेलले फेसबुकमा मेयरविरुद्ध स्टाटस लेखेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो । पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका एक सय ६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ भनेर लेखेका थिए । स्टाटसले महानगरपालिकाविरुद्ध द्वेष फैलाएको भन्दै प्रहरीले नै मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा मेयर तथा कर्मचारीलगायत सिंगो महानगरपालिकाप्रति नैतिकता र शिष्टचारविरुद्धका सामग्री घृणा वा द्वेष फैलाउने उद्देश्यले महानगरपालिका र समुदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने गरी तथ्यहीन, गलत तथा भ्रामक स्टाटस लेखी महानगरपालिकाको गरिमा तथा छविमा आँच आउने पोस्ट गरी विद्युतीय कारोबारको कसुर गरेको वारदात स्थापित हुन आयो ।’ प्रहरीसँगको बयानमा पौडेलले आवेगमा आएर स्टाटल लेखेको र महानगरपालिकाविरुद्ध घृणा फैलाउने आफ्नो उद्देश्य नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू