बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसले बझाङ–१ को प्रदेशसभा क्षेत्र नं. १ मा आउँदो वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई दिएको छ ।

तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई टिकट दिने निर्णय कांग्रेसले गरेको हो । मंगलबार र बुधबार कांग्रेस सभापति देउवा निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अभिषेक क्षमतावान पनि भएकाले उनैलाई टिकट दिनेबारे छलफल भएको थियो ।

त्यही छलफललाई निरन्तरता दिँदै बिहीबार बिहान बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई बुवाको स्थानमा उठाउने निर्णय गरेको हो । बुधबार मात्रै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बझाङ प्रदेश सभाको हकमा पृथ्वीबहादुर सिंहका पुत्र अभिषेकको नाम प्रवल दाबेदारका रुपमा आएको बताएका थिए ।

कांग्रेस जिल्ला कार्यसमितिबाट बझाङ प्रदेश सभा उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस भएको थियो । तीन जनाको नाम सिफारिस गर्न भनिए पनि कांग्रेस जिल्ला कार्यसमितिले १० जनाको नाम सिफारिस गरेर पठाएको थियो । टिकटका लागि प्रवल दाबेदार कांग्रेस बझाङका पूर्व सभापति सत्यराज भण्डारी र अभिषेकबहादुर सिंह थिए । जसमा भण्डारीलाई ब्याक गराउँदै कांग्रेसले पृथ्वीबहादुर सिंहपुत्र अभिषेकलाई टिकट दिएको हो । पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

गत असार ५ गते मन्त्री सिंह, उनकी पत्नी र भाउजूको बझाङकै केदारस्युँमा जीप दुर्घटनामा परेर ज्यान गएको थियो । सिंहको निधनपछि रिक्त बझाङ १ (१) मा कांग्रेसबाट उनका छोरा अभिषेकले चुनाव लड्ने तयारी गरेका थिए। उनी राजनीतिमा पनि सक्रिय छन् । २०७९ को स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए ।

बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढिरहेका बेला कांग्रेस पनि उनैलाई टिकट दिएको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ । यस्तै, २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको छ। १५ वैशाखमा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू