बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

बझाङ प्रदेश सभामा दिवंगत मन्त्रीपुत्र अभिषेकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसले बझाङ–१ को प्रदेशसभा क्षेत्र नं. १ मा आउँदो वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई दिएको छ ।

तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई टिकट दिने निर्णय कांग्रेसले गरेको हो । मंगलबार र बुधबार कांग्रेस सभापति देउवा निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अभिषेक क्षमतावान पनि भएकाले उनैलाई टिकट दिनेबारे छलफल भएको थियो ।

त्यही छलफललाई निरन्तरता दिँदै बिहीबार बिहान बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई बुवाको स्थानमा उठाउने निर्णय गरेको हो । बुधबार मात्रै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बझाङ प्रदेश सभाको हकमा पृथ्वीबहादुर सिंहका पुत्र अभिषेकको नाम प्रवल दाबेदारका रुपमा आएको बताएका थिए ।

कांग्रेस जिल्ला कार्यसमितिबाट बझाङ प्रदेश सभा उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस भएको थियो । तीन जनाको नाम सिफारिस गर्न भनिए पनि कांग्रेस जिल्ला कार्यसमितिले १० जनाको नाम सिफारिस गरेर पठाएको थियो । टिकटका लागि प्रवल दाबेदार कांग्रेस बझाङका पूर्व सभापति सत्यराज भण्डारी र अभिषेकबहादुर सिंह थिए । जसमा भण्डारीलाई ब्याक गराउँदै कांग्रेसले पृथ्वीबहादुर सिंहपुत्र अभिषेकलाई टिकट दिएको हो । पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

गत असार ५ गते मन्त्री सिंह, उनकी पत्नी र भाउजूको बझाङकै केदारस्युँमा जीप दुर्घटनामा परेर ज्यान गएको थियो । सिंहको निधनपछि रिक्त बझाङ १ (१) मा कांग्रेसबाट उनका छोरा अभिषेकले चुनाव लड्ने तयारी गरेका थिए। उनी राजनीतिमा पनि सक्रिय छन् । २०७९ को स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए ।

बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढिरहेका बेला कांग्रेस पनि उनैलाई टिकट दिएको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ । यस्तै, २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको छ। १५ वैशाखमा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

Published Date: 04 April 2024
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो