विश्वासको मत नपाउने देखेपछि राजीनामाको तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

विश्वासको मत नपाउने देखेपछि राजीनामाको तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी : Icon Khabar

बुटवल, चैत २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामाको तयारी गरेका छन् । बिहीबार अपराहन्न ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने भएका हुन् ।

केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन् । प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ ।

गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् ।

८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, जसपा, राप्रपा र लोसपाको ३–३ तथा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र सांसदको १–१ सिट रहेको छ । बहुमतको लागि ४४ मत आवश्यक पर्दछ । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी रहन्छ । नयाँ सत्ता समीकरणमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने