सेयरबजारमा सामान्य गिरावट

सेयरबजारमा सामान्य गिरावट : Icon Khabar

काठमाडौं, चैत २० । मंगलबार नेप्से परिसूचक १.८५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ। यता सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन क्रमशः ०.५३ अंक र ०.१८ अंक बढेको छ।

मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार कारोबार रकमका आधारमा  गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको  १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। मंगलबार सर्वोत्तम सिमेन्टको साढे ९ करोडको शेयर कारोबार भएको छ भने तारागाउँ रिजेन्सी होटलको करिब साढे ७ करोडको शेयर किनबेच भएको छ।

Published Date: 02 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी