सेयरबजारमा सामान्य गिरावट

सेयरबजारमा सामान्य गिरावट : Icon Khabar

काठमाडौं, चैत २० । मंगलबार नेप्से परिसूचक १.८५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ। यता सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन क्रमशः ०.५३ अंक र ०.१८ अंक बढेको छ।

मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार कारोबार रकमका आधारमा  गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको  १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। मंगलबार सर्वोत्तम सिमेन्टको साढे ९ करोडको शेयर कारोबार भएको छ भने तारागाउँ रिजेन्सी होटलको करिब साढे ७ करोडको शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने