नेपालले बरोडा विरुद्ध पहिले ब्याटिङ गर्दै

नेपालले बरोडा विरुद्ध पहिले ब्याटिङ गर्दै : Icon Khabar

काठमाडौं, चैत २० । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेलमा टस हारेको छ । बरोडाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले पछिल्लो खेलमा खेलाईएको प्लेइङ ११ नै आज उतार्ने छ । सो खेलमा नेपालले गुजरात विरुद्ध ८ विकेटको सहज जित निकालेको थियो । नेपालका लागि ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द टोलीबाट बाहिर रहेका छन् ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

बेन्च: ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द

Published Date: 02 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास