सौगात भन्छन्–‘नेपालीहरु विदेशिएको देख्दा झसङ्ग हुन्छु’

सौगात भन्छन्–‘नेपालीहरु विदेशिएको देख्दा झसङ्ग हुन्छु’ : Icon Khabar

काठमाडौं, चैत २० । नायक सौगात मल्लले नेपालीहरू दैनिक रुपमा हजारौंको संख्यामा विदेश उडिरहेको देख्दा दुःख लाग्ने बताएका छन् ।

आज आयोजित फिल्म ‘रेड सुटकेस’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै सौगातले भने–‘मैले देखिरहेको कुरा हो । मेरा कति साथीहरू पनि अहिले विदेशमा छन् । पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ । ती अधिकांश साथीहरू अहिले विदेशमा छन् । यो दुःख लाग्दो कुरा हो । म यो कुरा सम्झिएर बेलाबखत झसङ्ग हुन्छु । अबको २०–२५ बर्षपछि अझै के होला भन्ने लाग्छ । मलाई मनमा सधैं नै यो कुराले एक खालको दुःख र अप्ठ्यारो हुने गर्दछ ।’

सौगातले यो कुरा कसरी रोकिन्छ भन्ने आफूलाई लागेपनि उपाय भने नभएको बताए ।

उनले अगाडि भने–‘रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, सरकारबाट केही होला जस्तो लाग्दैन । सरकारले त वास्ता नगरेको जस्तो देखिन्छ । के फरक पर्ला र सरकारलाई खै ? मसँग पनि केही आइडिया छैन । कोही होस् भन्ने चाहन्छु ।’

नेपालमा पछिल्लो केही बर्षयता सुटकेसको कथामा फिल्म बनिरहेका छन् । यो विषयमा सौगातले भने–‘अहिलेको समय नै यस्तै छ । फिल्म भनेको जे घटना घटिरहेको छ, त्यसैमा त बनाउने हो नी । यो विषयले सबैलाई छोएको छ । सायद, यसैले यी कथाहरू नेपाली फिल्ममा भनिएको होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने