सौगात भन्छन्–‘नेपालीहरु विदेशिएको देख्दा झसङ्ग हुन्छु’

सौगात भन्छन्–‘नेपालीहरु विदेशिएको देख्दा झसङ्ग हुन्छु’ : Icon Khabar

काठमाडौं, चैत २० । नायक सौगात मल्लले नेपालीहरू दैनिक रुपमा हजारौंको संख्यामा विदेश उडिरहेको देख्दा दुःख लाग्ने बताएका छन् ।

आज आयोजित फिल्म ‘रेड सुटकेस’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै सौगातले भने–‘मैले देखिरहेको कुरा हो । मेरा कति साथीहरू पनि अहिले विदेशमा छन् । पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ । ती अधिकांश साथीहरू अहिले विदेशमा छन् । यो दुःख लाग्दो कुरा हो । म यो कुरा सम्झिएर बेलाबखत झसङ्ग हुन्छु । अबको २०–२५ बर्षपछि अझै के होला भन्ने लाग्छ । मलाई मनमा सधैं नै यो कुराले एक खालको दुःख र अप्ठ्यारो हुने गर्दछ ।’

सौगातले यो कुरा कसरी रोकिन्छ भन्ने आफूलाई लागेपनि उपाय भने नभएको बताए ।

उनले अगाडि भने–‘रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, सरकारबाट केही होला जस्तो लाग्दैन । सरकारले त वास्ता नगरेको जस्तो देखिन्छ । के फरक पर्ला र सरकारलाई खै ? मसँग पनि केही आइडिया छैन । कोही होस् भन्ने चाहन्छु ।’

नेपालमा पछिल्लो केही बर्षयता सुटकेसको कथामा फिल्म बनिरहेका छन् । यो विषयमा सौगातले भने–‘अहिलेको समय नै यस्तै छ । फिल्म भनेको जे घटना घटिरहेको छ, त्यसैमा त बनाउने हो नी । यो विषयले सबैलाई छोएको छ । सायद, यसैले यी कथाहरू नेपाली फिल्ममा भनिएको होला ।’

Published Date: 02 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी