सहकारी प्रकरणमा रास्वपा नेताहरुको नाम आउँदैमा आत्तिनु पर्दैन : गृहमन्त्री लामिछाने

सहकारी प्रकरणमा रास्वपा नेताहरुको नाम आउँदैमा आत्तिनु पर्दैन : गृहमन्त्री लामिछाने : Icon Khabar

काठमाडौं, चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर दिन पाउनु पर्ने बताएका छन् । आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारीलगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् ।

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताएका हुन् । लामिछानले गृह मन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुर्नवासलगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे । उनले जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे ।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको जिकिरि गरे । कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले संसद बैठकमा सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।

Published Date: 02 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास