रविमाथि सरकारबाटै अनुसन्धान रोकिँदा विश्वासको संकट उत्पन्न भयो : कांग्रेस

रविमाथि सरकारबाटै अनुसन्धान रोकिँदा विश्वासको संकट उत्पन्न भयो : कांग्रेस : Icon Khabar

काठमाडौं, चैत २० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै छानबिनको माग गर्दै आज (मंगलबार) पनि संसदमा विरोध गरेको छ । संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरे ।

गृहमन्त्री लामिछानेमाथि छानबिनको भइरहेको छ भन्दा कांग्रेस चुप लागेर बसेको उनले बताए । उनले भने, ‘प्रहरी प्रमुख र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गृहमन्त्री दोषी नभएको बताएपछि अनुसन्धान प्रभावित भयो, सरकारले अनुसन्धान अलपत्र पार्‍यो ।’ जनताको पैसा दुरुपयोग भएको भन्दै उनले जनताको न्याय टुहुरो भएको बताए । त्यसैले पनि कांग्रेसले छानबिन समितिको माग गरेको उनले स्पष्ट पारे ।

उनले गृहमन्त्रीले नयाँ गर्छु भन्नु भएकाले छानबिन समिति बनाएर आरोपलाई टुंग्याउन समेत आग्रह गरे । रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ । आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’

Published Date: 02 April 2024
ताजा
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
फ्रान्समा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय