रविमाथि सरकारबाटै अनुसन्धान रोकिँदा विश्वासको संकट उत्पन्न भयो : कांग्रेस

रविमाथि सरकारबाटै अनुसन्धान रोकिँदा विश्वासको संकट उत्पन्न भयो : कांग्रेस : Icon Khabar

काठमाडौं, चैत २० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै छानबिनको माग गर्दै आज (मंगलबार) पनि संसदमा विरोध गरेको छ । संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरे ।

गृहमन्त्री लामिछानेमाथि छानबिनको भइरहेको छ भन्दा कांग्रेस चुप लागेर बसेको उनले बताए । उनले भने, ‘प्रहरी प्रमुख र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गृहमन्त्री दोषी नभएको बताएपछि अनुसन्धान प्रभावित भयो, सरकारले अनुसन्धान अलपत्र पार्‍यो ।’ जनताको पैसा दुरुपयोग भएको भन्दै उनले जनताको न्याय टुहुरो भएको बताए । त्यसैले पनि कांग्रेसले छानबिन समितिको माग गरेको उनले स्पष्ट पारे ।

उनले गृहमन्त्रीले नयाँ गर्छु भन्नु भएकाले छानबिन समिति बनाएर आरोपलाई टुंग्याउन समेत आग्रह गरे । रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ । आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2024
Website | + posts
ताजा
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू