ख्वप कलेजमा काष्ठकला सम्बन्धि प्रशिक्षण

ख्वप कलेजमा काष्ठकला सम्बन्धि प्रशिक्षण : Icon Khabar

भक्तपुर, चैत १९ । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेका छन्।

चैत्र १९ गते उद्यमी इन्द्र प्रसाद सिल्पकारले हस्तकला अन्तर्गत काष्ठकलाको बारेमा विशेष प्रशिक्षण दिए । यस सेसनमा प्रशिक्षार्थीहरुले काठका ढोका र झयालमा कुदिँएका विभिन्न आकृति, बुट्टाँहरुको परिचय, महत्वबारेमा चर्चा गरे । प्रशिक्षक सिल्पकारले विभिन्नकाल जस्तै लिच्छवीकाल, मल्लकाल, र राणाकालिन काष्ठकला, मुर्तिकला, टुडाल, झयाल, तोरण इत्यादीको बारेमा त्यतिबलाको समय, समयको माग, समसामयिक अवस्थाको चित्रण निकै सुन्दर तरिकाले गरेका थिए ।

उनले विभिन्न समयमा विद्यार्थीहरुलाई काष्ठकला सम्बन्धी तालिम दिदै आएका छन् । हाल पनि कतिपय युवाहरु काष्ठकलाको क्षेत्रमा सक्रिय हुन इच्छुक रहेको पनि बताए । सिल्पकारले बनाएका काष्ठकलाका सामाग्रीहरु धेरै प्रतिशत नेपालमै विक्री हुदै आएको र केही काष्ठकलाको सामाग्राीहरु विदेश तिर निर्यात हुदै आएको पनि सिल्पकारले बताए ।

सानै देखि आफना बुबा इन्द्र काजी सिल्पकारको काममा सहयोग गदै आएका सिल्पकारले यसैमा आफनो भविष्य बनाउने विचार गरी परम्परागत काष्ठकलामा लागेका हुन् । प्रशिक्षणको क्रममा प्रशिक्षार्थीहरुले आफुले सुनेका वा देखेका काष्ठकला कृतिकाबारे जिज्ञासा राखेका थिए ।

प्रशिक्षक र बुबा इन्द्र काजीले मिलेर निमार्ण गरेको सिँ कः मि छेँ ले २०२३ मा युनेस्कोले एसिया प्यासिफिक अवार्ड प्रात्त गरेको छ । युनेस्कोले हरेक वर्ष दिगो विकास अन्र्तगत सम्पदामैत्री संरचनामा सुरक्षामा यो अवार्ड प्रदान गदै आएको छ । सिल्पकारका अनुसार सिँ कः मि छेँ आफु र आफना बुबाको काष्ठकलाको संग्राहलय हो भनि मान्दछन् ।

उनले परम्परागत सिप र ज्ञानलाई आत्मसात गरी सफल उद्यमी बन्न सकिने बारे पनि प्रशिक्षकले जोड दिए। प्रशिक्षणको अन्त्यमा कलेजको तर्फबाट प्रशिक्षकलाई इएसपी कार्यक्रमको संयोजक अन्जु ग्वाछाले मायाको चिनो प्रदान गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts