पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका केही भागमा अहिले छिटपुट वर्षा भइरहेको छ। दिउँसोतिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आकाश सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

यस अवधिमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा पनि यस्तै मौसम देखिन सक्ने महाशाखाले बताएको छ। विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको चेतावनी दिइएको छ।

आज राति पनि देशको मध्य र पश्चिमी भागमा बादलको प्रभाव कायम रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना जारी रहने महाशाखाको भनाइ छ।

गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान भएकाले त्यहाँको जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन गतिविधिमा असर पर्ने चेतावनी दिँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Published Date: 28 October 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु