पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका केही भागमा अहिले छिटपुट वर्षा भइरहेको छ। दिउँसोतिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आकाश सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

यस अवधिमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा पनि यस्तै मौसम देखिन सक्ने महाशाखाले बताएको छ। विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको चेतावनी दिइएको छ।

आज राति पनि देशको मध्य र पश्चिमी भागमा बादलको प्रभाव कायम रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना जारी रहने महाशाखाको भनाइ छ।

गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान भएकाले त्यहाँको जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन गतिविधिमा असर पर्ने चेतावनी दिँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न