गुजरातको सामना गर्दै नेपाल, कस्ताे रहला प्रदर्शन ?

गुजरातको सामना गर्दै नेपाल, कस्ताे रहला प्रदर्शन ? : Icon Khabar

काठमाडौं, चैत १८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले त्रिकोणात्मक टि-२० सिरिजअन्तर्गत आज भारतको स्टेट टोली गुजरातसँग खेल्दै छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार २:४५ बजे सुरु हुनेछ ।

नेपाल, गुजरात र बरोडाबिच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रीमियर कपको तयारीको लागि नेपाल भारत भ्रमणमा निस्किएको हो । भारत भ्रमणमा जानु अगाडि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए विरुद्धको दुबै टि-२० म्याचमा जित निकालेको नेपाल उच्च मनोबलका साथ भारत भ्रमणमा निस्किएको छ ।

गुजरातको कप्तानी उमांग कुमारले सम्हाल्दा नेपालको कप्तानी रोहित कुमार पौडेलले सम्हाल्दा नेपालका कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको प्रदर्शनले नेपाली टिमको भाग्यको फैसला गर्ने छ ।

त्यस्तै मंगलबार नेपालले बरोडासँग खेल्नेछ । त्यस्तै २१ चैतमा नेपालले फेरि गुजरातसँग खेल्नेछ भने २३ चैतमा बरोडासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल भने २५ चैतमा हुनेछ ।

यो खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।

Published Date: 31 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय