गुजरातको सामना गर्दै नेपाल, कस्ताे रहला प्रदर्शन ?

गुजरातको सामना गर्दै नेपाल, कस्ताे रहला प्रदर्शन ? : Icon Khabar

काठमाडौं, चैत १८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले त्रिकोणात्मक टि-२० सिरिजअन्तर्गत आज भारतको स्टेट टोली गुजरातसँग खेल्दै छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार २:४५ बजे सुरु हुनेछ ।

नेपाल, गुजरात र बरोडाबिच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रीमियर कपको तयारीको लागि नेपाल भारत भ्रमणमा निस्किएको हो । भारत भ्रमणमा जानु अगाडि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए विरुद्धको दुबै टि-२० म्याचमा जित निकालेको नेपाल उच्च मनोबलका साथ भारत भ्रमणमा निस्किएको छ ।

गुजरातको कप्तानी उमांग कुमारले सम्हाल्दा नेपालको कप्तानी रोहित कुमार पौडेलले सम्हाल्दा नेपालका कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको प्रदर्शनले नेपाली टिमको भाग्यको फैसला गर्ने छ ।

त्यस्तै मंगलबार नेपालले बरोडासँग खेल्नेछ । त्यस्तै २१ चैतमा नेपालले फेरि गुजरातसँग खेल्नेछ भने २३ चैतमा बरोडासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल भने २५ चैतमा हुनेछ ।

यो खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने