कांग्रेसले दाेहाेर्‍याराे गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनकाे माग

कांग्रेसले दाेहाेर्‍याराे गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनकाे माग : Icon Khabar

काठमाडौं, चैत १८ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । बैठकमा बाेल्दै नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे ।

“नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिनुभएको जवाफ, प्रहरी प्रमुखले दिनुभएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उनले भने, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस् ।”

उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताए । “यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्”, उनले भने ।

संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसद्मै जवाफ दिनुभएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताए । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव (कन्फ्क्टि अफ इन्ट्रेस्ट) रहेको पनि उनकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2024
Website | + posts