अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक : Icon Khabar

काठमाडौं, चैत १८ ।  साउदी प्रो लिगमा शनिबार अल नासरले अल ताइलाई ५-१ ले हराउँदा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्।

१० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको अल ताइविरुद्ध रोनाल्डोले दोस्रो हाफमा १४ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए। खेलको २० औं मिनेटमा ओटाभिडोले गोलबाट अल नासरले अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै अल ताइका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए ।

३६ औं मिनेटमा मिसिडजानले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छाडेपछि अल ताइ १० खेलाडीमा सिमित भएको थियो। अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि अल नासरले खेलमा फेरि अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा रोनाल्डोले पहिलो गोल र टोलीका‌ लागि तेस्रो गोल गरे। ६७ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ८७ औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे ।

रोनाल्डोको‌ जारी सिजनमा यो दोस्रो र समग्रमा ६४ औं ह्याट्रिक हो । २५ खेलमा अल नासर (५९ अंक ) शीर्षस्थानको अल हिलालभन्दा १२ अंकले पछाडि छ । अल ताइ २२ अंकका साथ १६ औं‌ स्थानमा छ। – एजेन्सी

Published Date: 31 March 2024
ताजा
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय