ख्वपमा विद्यार्थीहरुको अनुभवहरुबारे छलफल तथा उपप्राध्यापकहरु सम्मान कार्यक्रम सम्पन्न

ख्वपमा विद्यार्थीहरुको अनुभवहरुबारे छलफल तथा उपप्राध्यापकहरु सम्मान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १६ । ख्वप कलेजका विए र विएसडब्लु चौथो वर्षका विद्यार्थीहरुले आफनो ४ वर्षे कक्षाको अन्तिम दिनको रुपमा आफना अनुभवहरु साटासाट गर्ने तथा उपप्राध्यकहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरे।

कार्यक्रमको सुरुवात परम्परागत धुनबाट गरिएको थियो । विद्याथीैहरुले प्राचार्य र उपप्राध्यापकहरुलाई खादा लगाई सम्मान गरेका थिए । विद्यार्थीहरुले ४ वर्षको अन्तरालमा कलेजबाट सिकेका कुराहरुबारे बताए।

उक्त कार्यक्रयमा विद्यार्थीहरुले विषयगत रुपमा समाजशास्त्र, सामाजिक कार्य, ग्रामिण विकास, राजनैतिकशास्त्र, मनोविज्ञान, संस्कृती, पत्रकारीताका विषयमा आ आफना अनुभवहरु बताएका थिए । सैदान्तिक शिक्षा सँगै व्यवहारिक शिक्षा प्रदान गर्नमा ख्वप कलेज सफल रहेको कुरा विद्यार्थीहरुले बताए ।

हाल कतिपय विद्यार्थीहरु पढाइसँगै विभिन्न ठाउँमा काम गदै आएको र यसरी आफनो लागि पढाई खर्च आफैले जुटाउन सफल भएको बारे आफनो अनुभव सुनाउदा प्रफुलित भएका थिए।

कलेजमा सिकेका व्यवहारिक कुराहरुकै कारणले उनीहरु हाल विभिन्न क्षेत्रमा सक्रिय रुपमा अघि बढन, बोल्न र अरुलाई सरसहयोग गर्न सकेको कुरामा पनि उनीहरु कलेज परिवार प्रति आभार व्यक्त गरे । ख्वप कलेजमामा आउनु अगाडि कोही सँग बोल्न डर र अप्ठयारो मान्नेहरु कलेजमा हुने विभिन्न कार्यक्षेत्र अध्ययन, सामाजिक सर्वेक्षण, समुह केन्द्रित छलफल, विभिन्न किसिमका ग्रामीण, शहरी शिविर, छलफल र अन्र्तक्रियाका कारणले चौथो वर्षसम्म पुग्दा निर्धक्क भएर सबैको अगाडि बोल्न सिकेका तथा कतिपय त विभिन्न संचारमाध्यमहरुमा कार्यक्रम संचालन समेत गर्ने गरेको कुरा बताए ।

यस कार्यक्रममा विद्यार्थीका तर्फबाट आस्था कार्की, ममता बुढाथोकी, विनिता थापा, संदिप खडका, मनिला, सुनयना मानन्धर, सरला बुढाथोकी, यमुना कार्की, रुसेल सिल्पकार र सुमना निरौलाले आफना अनुभवहरु बताएका थिए । यसै कार्यक्रमका कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थी सिकेका कुरा आगामी दिनम प्रयोग गर्नुपर्ने साथै सकारात्मक सोच तथा धैर्यताको साथ अगाडि बढेमा सफलता पाउन सकिने कुरा राख्दै शुभकामना पनि दिए।

यसै गरी विए विएस डब्लुका इन्र्चाज कमिनिका न्याइचाइले विद्यार्थीमा आएको सकारात्मक परिवर्तन बारेमा चर्चा गरे। उनले विद्यार्थीमा केही गरौ भन्ने भावनको विकास भएकेमा खुसी पनि व्यक्त गरे । सुन्दर श्रेष्ठले सामाजिक कार्य विषयमा विद्याथीैले हासिल गरेको सफलताबारे चर्चा गरे।

यस्तै गरी समाजशास्त्रको उपप्राध्यापक सुनिता गाइसीले कविताको माध्यमबाट कलेजको पहिलो दिन र कलेजको चौथो वर्षसम्म आइपुग्दा विद्यार्थीमा आएको सकारात्मक परिर्वतनबारे चर्चा गर्दा आगामी दिनका सफलताको पनि कामना गरीन् । कार्यक्रममा प्रभा प्रजापति, कृष्ण काजी मानन्धर, पलिस्था रजित्कार लगायतका उपप्राध्यापकहरुले शुभकामना दिएका थिए ।

इच्छा गुर्भाचार्यले कार्यक्रयमा गीत गाएका थिईन् भने विवेक अवाल र उज्वल ह्योगजुले मादल र बासुरी बजाएका थिए । कार्यक्रमको अन्त्यमा कलेजका प्राचार्यले प्रकाश कुमार श्रेष्ठले विद्यार्थीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2024
सुनिता गाइसी
+ posts