म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो : Icon Khabar

काठमाडौं, चैत १८ ।  इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् ।

इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।

ब्रेन्टफोर्डका लागि क्रिस्टिोफर अजेरले इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका थिए । इभान टोनीको पासमा अजेरले गोल गर्दै युनाइटेडलाई जितबाट रोकेका थिए ।

छैटौं स्थानमा रहेको युनाइटेडको २९ खेलबाट ४८ अंक पुगेको छ । बे्रन्टफोर्ड २७ अंकसहित १५औं स्थानमा छ ।–एजेन्सी

Published Date: 31 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास