आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १८ । आज २०८० चैत १८ गते आइतबार, तद्अनुसार ३१ मार्च २०२४ । आज चैत कृष्ण षष्ठी, जेष्ठा नक्षत्र, व्यतिपात योग, चन्द्रराशिः वृश्चिक, सूर्योदय बिहानः ५ः५५ बजे, सूर्यास्त साँभः १८ः२० बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइनेछ ।

वृष: टाढाबाट सुखद सूचना प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

मिथुन: नवीन वस्त्राभूषणको प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट: पारिवारिक चिन्ता रहने छ । बुद्धिको प्रयोग लाभमा वृद्धि हुनेछ । थकान महसूस हुनेछ ।

सिंह: परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्रा हुनसक्छ । रोकिएको पैसा प्राप्त हुने योग छ । समय अनुकूल छ ।

कन्या: कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना फलीभूत हुनेछ । उत्साह तथा प्रसन्नता रहने छ ।

तुला: कुनै धार्मिकस्थलको यात्राको कार्यक्रम बन्न सक्छ । सत्सङको लाभ प्राप्त हुनेछ । धन प्राप्तिमा देखिएका बाधाहरु हट्ने छन् ।

वृश्चिक: चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, लापरवाही नगर्नु होला । कुनै व्यक्तिसंग व्यर्थै विवाद हुनसक्छ । मानिसहरुबाट धेरै अपेक्षा नगर्नु होला ।

धनु: हतार गर्दा काम बिग्रेर समस्या बढ्न सक्छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । बाहिर जाने योजना बन्ने छ ।

मकर: भूमि, भवन, पसल, शोरूम अथवा कारखाना आदि किन्ने योग छ । ठूलो कारोबारबाट ठूलै लाभ मिल्ने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । हतार गर्दा हानि सम्भव छ ।

मीन: अरुबाट धेरै अपेक्षा गर्नु हुनेछ । साथीहरुसंग समय राम्रो व्यतीत हुनेछ । जागिरमा कार्यभार बढ्ने छ ।

Published Date: 31 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय