भक्तपुर सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा प्यानल छलफल सम्पन्न

भक्तपुर सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा प्यानल छलफल सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १६ । विश्व परिवेशमा जलवायु परिवर्तनले आक्रान्त पारीरहेको अवस्थामा सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा `नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव’ विषयक सामूहिक छलफल सम्पन्न भयो।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय तथा त्रिचन्द्र कलेजका वातावरण विज्ञान विभागका सह प्राध्यापक डा. कमलराज गोसाईले विश्व जलवायु परिवर्तन सम्बन्धी तार्किक, गहन एवं तथ्यपरक विचार राखेका थिए।

कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल रवि दुवालले विज्ञ एवं विद्यार्थीहरूको तार्किक छलफलको सराहना गरे। अर्का वातावरण विज्ञ तथा अनुसन्धानकर्ता सुदिक्षा ढकालले पावरप्वाइन्ट प्रदर्शन मार्फत जलवायु परिवर्तनका कारण र असरहरूको बारेमा सहभागी विद्यार्थीहरुलाई स्पष्ट पारेकी थिइन्।

रविना नेपाली, अनामिका बयलकोटी, अश्लेसा बुढाथोकी र सम्राट राई गरी कक्षा ११ का ४ जना विद्यार्थीहरूको टोलीले शिक्षक टेकसिंह ढकालको नेतृत्वमा जलवायु परिवर्तन सम्बन्धी आआफ्नो विचार प्रस्तुत गरेक थिए ।

त्यस्तै, विज्ञ टोली र विद्यार्थी टोलीसँगै सहजकर्ताका रूपमा शिक्षक वीरेन्द्र चौधरी थिए । शिक्षक शिव भुजूको उद्घोषणमा सञ्चालित सो कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले जलवायु परिवर्तनले पार्ने तत्कालीन र दीर्घकालीन असरहरुको बारेमा गहिरो ज्ञान हासिल गर्ने मौका पाएका थिए।

जलवायु परिवर्तनको न्यूनीकरणका निम्ति व्यक्तिगत तथा पारस्परिक सहयोगको खाँचोकाबारे प्रकाश पार्दै डा. गोसाइले विद्यार्थीहरू परिवर्तनका संवाहक भएको बताउनुभयो र विद्यार्थीहरूले यस विषयमा आत्मबोध गर्नु पर्नेमा जोड दिए। शिक्षामा नविनतम् खोज र नीति-निर्माणको सही कार्यान्वयनबाट मात्रै दिगो र मजबुत भविष्य सम्भव भएको उनले थप औँल्याए।

सेभेर्न सुजुकी तथा ग्रेटा थनबेर्ग जस्ता व्यक्तित्वहरुको उदाहरण दिँदै डा. गोसाईंले यस्ता मुद्दाहरुमाथि जो कोहीले पनि कडाइका साथ आवाज उठाउनु पर्नेमा ढिला गर्न नहुने भन्दै विद्यालय स्तरमा यस्तो छलफल हुनुपर्नेमा विचार राखे । साथै आगामी दिनहरूमा यस्तै पेचिला शीर्षकहरूमा बहस हुनेमा आशावादी रहेको शुभेच्छा सहित सो कार्यक्रम समापन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts