व्यवसायमा हुने जोखिम न्युनीकरण र डिजिटल माकेटिङबारेमा ख्वपमा प्रशिक्षणमा

व्यवसायमा हुने जोखिम न्युनीकरण र डिजिटल माकेटिङबारेमा ख्वपमा प्रशिक्षणमा : Icon Khabar

भक्तपुर, चैत १६ । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ ।

यसै क्रममा चैत्रको १६ गते व्यवसायमा हुन सक्ने जोखिम , यसको व्यवस्थापन सम्वन्धमा चिरायु तथा डल्फीन प्रेसका निर्देशक तथा प्रोप्राइटर शंकर कुमार खडकाले प्रशिक्षण दिए । कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा अगाडी त्यस व्यवसायमा आइपर्न सक्ने जोखिमहरुको बारेमा अध्ययन गर्नु जरुरी हुन्छ । प्रशिक्षक खड्काले व्यवसाय गर्ने व्यवसायी वा उद्यमीले व्यवसायमा बढि जोखिम लिनेले बढि फाइदा लिन्छ कम जोखिम लिने ले कम मात्र फाइदा कमाउने कुरा बताए ।

उनले जोखिमलाई न्युनिकरण गर्ने विभिन्न प्रक्रियाहरु हुन्छन् जस्तै जोखिमलाई कम गरेर, स्विकार गरेर, जोखिमलाई अन्यत्र स्थानान्तरण गरेर पनि व्यवसायमा आइपर्ने जाखिमलाई कम गर्न सकिने बताए। विदेश जाने युवाहरुलाई नेपालमा केही गर्न सकिन्छ कम लगानीमा पनि उद्योग व्यवसाय सुरु गर्न सकिने कुरमा प्रशिक्षकले जोड दिए। । नेपालमा कृषि र पर्यटन क्षेत्रमा अथाह संम्भावना रहको बारेमा पनि चर्चा गरे।

नेपालको माटो निकै मलिलो र उर्वराशक्ति भएको छ । यसको सहि उपयोग गरि यो क्ष्ँोत्रलाई अगाडि बढाउन सकेमा मात्र समग्र देशको आर्थिक उन्नती हुने गर्दछ । सफल उद्यमी बन्नको लागी हामीले आफनो जीवनशैलाीलाई पनि विशेष ध्यान दिनु पर्दछ मद्यपान, ध्रुमपानबाट टाढा बस्नु पर्दछ आफनो जीवनशैली सरल र सहज बनाउनु जरुरी छ । व्यवसायीले आफनो व्यवसायको लागी विशेष रुपमा योजना बनाउनु जरुरी हुन्छ । व्यवसायलाई दिगो रुपमा लैजान कामदार र व्यवसायीको विचमा भावनात्मक सम्बन्धको विकास गर्नु पर्ने बताए।

खड्काले बजारको अध्ययन गरेर मात्र व्यवसायको सुरुवात गर्नु पर्दछ साथै व्यवसायमा आइपर्ने जोखिम लिन पनि उद्यमी मानसिक रुपमा तयार हुनुपर्ने बताए।

 

आजकै दोस्रो सेसनमा एफएनक्लिककाका निर्देशक अनिल पाऊँले प्रशिक्षार्थीहरुलाई डिजिटल माकेटिङ यसको व्यवसायमा प्रभाव र व्यवसाय प्रवर्द्वनबारे डिजिटल माकेटिङको भुमिका बारेमा विशेष चर्चा गरे। आजको समय आधुनिकतामा निकै अगाडि बढि सकेको छ परम्परागत शैलीले आफनो व्यवसायको विकास गर्न नसकिने यसका लागी आफनो व्यवसायलाई डिजिटल माकेटिङको मार्फत प्रचारप्रसार गर्नु पर्ने कुरामा पाऊँले जोड दिए । यस सेसनमा प्रशिक्षार्थिले आफनो व्यवसायलाई प्रवर्द्वन गर्न आवश्यक वेव पेजको निमार्ण यसको प्रयोग र यससँग सम्बन्धित कानुनी कुराहरु बारेमा छलफल गर्ने मौका पाएका थिए । प्रशिक्षक पाऊँ अस्टे«लियाको अनलाइन माकेटिङ गुरुजका सिनियर डेभलपर पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts