कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा : Icon Khabar

काठमाडाैं, चैत १६ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद पदको निलम्बन फुकुवा गर्न शुक्रवार आदेश दिएको हाे । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गरेको हो ।

श्रममन्त्री हुँदाको एक मुद्दालाई आधार मानेर उनीविरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्धको मुद्दा विचाराधीन भएकाले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

अख्तियारको पत्र अनुसार सङ्घीय संसद सचिवालयले उनको पद गत पुस १२ गते निलम्बन गरेको थियो । गुरुङले निलम्बन फुकुवाका लागि गत महिनाको फागुन २१ गते रिट दाएर गरेका थिए । उक्त निलम्बनविरुद्ध सर्वोच्च अदालत पुगेका गुरुङको पक्षमा न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रवार रिटउपर फैसला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने