नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता : Icon Khabar

काठमाडाैँ, चैत १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो । एमालेसहितको नयाा गठबन्धन बनेपछि पहिलो पटक उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको हो ।

संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्ला–एक्लै भएको यो पहिलो भेट हो ।

Published Date: 28 March 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता