सर्वोत्तम सिमेन्टकाे शेयरमा सातौं दिन पनि सर्किट

सर्वोत्तम सिमेन्टकाे शेयरमा सातौं दिन पनि सर्किट : Icon Khabar

काठमाडाैँ, चैत १५ ।  बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टकाे शेयर सातौं दिन पनि सर्किट लेभलमा कारोबार भएको छ । सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको हो ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । सिमेन्टको शेयरले सातौ कारोबार दिनसम्म आईपुग्दा पनि सर्किटमै कारोबार भएर एक हजार ८३ रुपैयाँमा खरिद बिक्री भइरहेकाे छ ।

बिहीबारको बजारमा करिब १५ मिनेटको कारोबारमा कम्पनीको ४१ हजार ६५५ कित्ता शेयर ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढीकाे शेयर खरिदबिक्री भएको छ ।

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।

Published Date: 28 March 2024






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड