इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने

इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने : Icon Khabar

काठमाडौँ, चैत १४ । तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ।

सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्ने छ । कार्यक्रम २०८१ को वैशाख २० गते हुने छ ।

कार्यक्रमको पहिलो संस्करण काठमाडौं तथा दोश्रो संस्करण गत वर्ष पोखरामा भएको थियो । ओलम्पियन्स संघको नेतृत्वमा दीपक विष्ट आएपछि यो कार्यक्रमको सुरुआत गरिएको हो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको अध्यक्ष विष्टले बताए ।

विष्टका अनुसार यो पटकको कार्यक्रमको नयाँ पक्ष भनेको विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहने छ ।

कार्यक्रमका दिन बिहान वाकाथन हुने छ । वाकाथनमा कोशी प्रदेशमा रहेका खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहने छ । वाकाथनपछि त्यसै दिन एक भब्य समारोहबीच १९८८ को सिओल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिने छ । १९८८ को सिओल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए । लामा पनि अमेरिकाबाट नेपाल आउने अध्यक्ष विष्टले जानकारी गराए ।

ओलम्पियन्स संघले विगतका दुई संस्करणमा १९६४ देखि १९८४ का दौरान भएका विभिन्न ५ संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशमा ओलम्यिनहरुको पुनर्मिलन कार्यक्रम हुनु खुशीको कुरा भएको बताउदै ओलम्पियनहरुलाई स्वागत गर्न आतुर रहेको बताए ।

सदस्य–सचिव वाग्लेले ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रमले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिने बताउदै प्रदेशको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts




ताजा
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित