देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक

देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक : Icon Khabar

काठमाडौं, असोज २७ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।

विभागले फरार कैदीबन्दीको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ ।

फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 October 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन