राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो : Icon Khabar

काठमाडौँ, चैत १३ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई बोलाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वतः पदेन सदस्य भएका हुन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यस समितिको कार्य क्षेत्रभित्र गृह मन्त्रालय पर्छ । सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने