राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो : Icon Khabar

काठमाडौँ, चैत १३ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई बोलाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वतः पदेन सदस्य भएका हुन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यस समितिको कार्य क्षेत्रभित्र गृह मन्त्रालय पर्छ । सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिएका छन् ।

Published Date: 26 March 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै