नेपाल र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० आज

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० आज : Icon Khabar

काठमाडौँ, चैत १२ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ‘ए’ बीचको टी–२० सिरिज आज (सोमबार) देखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ टिमसँग आज पहिलो खेल खेल्दै छ ।

खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ ।

हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गर्दै नेपालले टोली घोषणा गरिसकेको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम, विनोद भण्डारी र राशिद खान टोलीबाट बाहिरिएका छन् । यस्तै अनिल शाह, कुशल मल्ल, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख टोलीमा फर्किएका छन् ।

नेपालले आइरिस टोली विरुद्ध आउँदो चैत्र १२ र १४ गते खेल्दैछ । त्यसपछि टोली बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।

चैत्र १८ गते नेपालले गुजरातको सामना गर्नेछ भने चैत्र २० मा नेपाल र बरोडा भिड्नेछन् । यस्तै चैत्र २१ मा पुनः गुजरात विरुद्ध र चैत्र २३ मा बारोडा विरुद्ध खेल्नेछ । फाइनल खेल चैत्र २५ मा हुनेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2024
Website | + posts