अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट : Icon Khabar

काठमाडौँ, चैत १२ । बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूको सूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ ।

कंगनाले एक दिन अगाडि नै चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, ’आमाले चाहनु हुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु ।’

टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिदै भनेकी छन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैं मेरो भारतीय जनता पार्टीलाई बिना शर्त समर्थन गरेको छु । आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।’ उनले पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उल्लेख गरेकी छन् ।

कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरुमा सामाजिक संजाल तथा सार्बजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् । पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिला देखि गरिदै आएको थियो ।

Published Date: 25 March 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी