‘कांग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन, राजीनामा तयार छ’ -रवि लामिछाने

‘कांग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन, राजीनामा तयार छ’ -रवि लामिछाने : Icon Khabar

 काठमाडौं, चैत १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले काम गर्न नसकेकोे दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने बताएका हुन् ।

उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा कहिल्यै पुग्दैनौं । हामी काम गर्न नसकेको र नपाएको दिन नै सत्ता छोडेर जान्छौं, सबैको झोलामा राजीनामा तयारी अवस्थामा छ, मात्र मिति लेख्न बाँकी छ ।’

उनले आफ्नो र आफन्तको व्यक्तिगत माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता रास्वपामा नभएको जिकिर गरे । एकपछि अर्को भ्रष्टाचारी समातिँदै गर्दा अर्को कहिले समातिन्छ भन्दै जनता उत्सुक भन्दै उनले ‘नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन् । समाउन खोज्दा खोज्दै चिप्लिन्छन्’ भन्दै व्यंग्य गरे ।

उनले भने, ‘आफ्नो व्यक्तिगत माग, परिवारको साथीभाईको माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता हामीसँग छैनन् । ढुक्क हनुहोस् हामीसँग भ्रष्टाचारीको फाइल छ । हामी त्यो अधिकारको एक सेकेण्ड पनि दुरुपयोग हुन दिँदैनौं । त्यसको सुरुवात गरिसकेका छौं । एउटा भ्रष्टाचारी समातियो अर्को खोइ भन्ने जनतामा आतुर छन् । तर नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन, समाउन खोज्दा खोज्दै चिप्लिन्छन् । कतिपय बाठा हुन्छन् फुत्त लुकिहाल्छन् । जति ठूला चिल्ला माछा हुन् जनताले दिएको शक्तिको अगाडि केही लाग्दैन तिनीहरुको ।’

सभापति लामिछानेले रास्वपाले नेतृत्व गरेको मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्न नपर्ने भन्दै मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत भएकाले आफूहरुले संयन्त्रलाई काम गराउन लगाउने बताए । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुने उनको भनाइ छ ।

उनले भने, ‘हामीले नेतृत्व गरेका मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्नु पर्दैन । मन्त्रीलाई भेट्नै पर्दैन । रहरले फोटो खिच्न भेटेको थिए भन्न छुट्टै कुरा हो । तर मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत हो । हामी त्यो गर्न चाहदैनौं । हाम्रो संयन्त्रलाई काम गराउन चाहन्छौं । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुन्छन् । आफ्ना साथीहरुसँग कुरा लुकाउनुपर्ने काण्डहरु लुकाउनुपर्ने अवस्थामा हामी जाँदैनौं ।’

Published Date: 23 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी