गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : डा. कोइराला

गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : डा. कोइराला : Icon Khabar

काठमाडौं, चैत १० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि सदनसम्म चौतर्फी विरोध भइरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनले बताएका छन् ।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो’, कोइरालाले भने । काठमाडौंको मध्यबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताएका छन् ।

हरेक परिवर्तनमा काठमाडौबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए । स्थानीय कार्यकर्ताले पार्टीमा चाकडी प्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासो गरेका थिए ।

Published Date: 23 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी