बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ : Icon Khabar

बर्दिया, चैत ९ । बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन् ।

२० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिएका छन् ।

युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी आएपछि आफूहरुले ८ बजेतिर आरोपीलाई पक्राउ गरेको डिएसपी अर्यालले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।

Published Date: 22 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास