शुक्रबार सुनचाँदीको मूल्य घट्याे

शुक्रबार सुनचाँदीको मूल्य घट्याे : Icon Khabar

काठमाडाैँ, चैत ९ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन ताेलामा १३ सय रूपैयाँले घटेकाे हाे।

बिहीबार १ लाख २७ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज घटेर १ लाख २६ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेकाे छ। बिहीबार प्रतितोला १ हजार ५ सय ५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 22 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास