उत्तर कोरियाको आधा विदेशी मुद्रा आम्दानी साइबर आक्रमणबाट : संयुक्त राष्ट्रसंघ प्रतिवेदन

उत्तर कोरियाको आधा विदेशी मुद्रा आम्दानी साइबर आक्रमणबाट : संयुक्त राष्ट्रसंघ प्रतिवेदन : Icon Khabar

काठमाडौँ, चैत ९ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध प्रस्तावहरूको कार्यान्वयन सम्बन्धि अनुसन्धान गर्ने विशेषज्ञहरूको प्यानलको वार्षिक प्रतिवेदन जारी गरेको छ । मार्च २० बसेको बैठकले उक्त प्रतिवेदनमा सदस्य राष्ट्रहरूको जानकारीको आधारमा उत्तर कोरियाले आफ्नो विदेशी मुद्राको करिब ५० प्रतिशत आम्दानी साइबर आक्रमणबाट गर्ने गरेको निष्कर्ष निकालेको छ ।

उत्तर कोरियाले विनाशकारी हतियारको विकासको ४० प्रतिशत खर्च साइबर हमलाबाट आर्जन गरेको छलफल भएको बैठकमा सहभागी एक सदस्यले बताए । क्रिप्टो–सम्पत्ति (भर्चुअल मुद्रा)सँग सम्बन्धित कम्पनीहरूलाई गरिएको ५८ साइबर आक्रमणहरूको अनुसन्धान गरिरहेको जानाइएको छ । जसमा उत्तर कोरियामा संलग्न रहेको आरोप छ । उक्त साइबर हमलाबाट करिब ३ अर्ब अमेरिकी डलर क्षति भएको अनुमान गरिएको छ ।

प्रतिवेदनले उत्तर कोरियाले साइबर हमलाहरूमार्फत हतियारको खाका तयारी सम्बन्धि जानकारीका साथै बौद्धिक सम्पत्ति पनि चोरी गरेको र चोरी भएको बौद्धिक सम्पत्ति सम्बन्धि जानकारी बेचेर थप रकमको व्यवस्था गर्न सक्ने भनिएको छ ।

Published Date: 22 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास