उत्तर कोरियाको आधा विदेशी मुद्रा आम्दानी साइबर आक्रमणबाट : संयुक्त राष्ट्रसंघ प्रतिवेदन

उत्तर कोरियाको आधा विदेशी मुद्रा आम्दानी साइबर आक्रमणबाट : संयुक्त राष्ट्रसंघ प्रतिवेदन : Icon Khabar

काठमाडौँ, चैत ९ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध प्रस्तावहरूको कार्यान्वयन सम्बन्धि अनुसन्धान गर्ने विशेषज्ञहरूको प्यानलको वार्षिक प्रतिवेदन जारी गरेको छ । मार्च २० बसेको बैठकले उक्त प्रतिवेदनमा सदस्य राष्ट्रहरूको जानकारीको आधारमा उत्तर कोरियाले आफ्नो विदेशी मुद्राको करिब ५० प्रतिशत आम्दानी साइबर आक्रमणबाट गर्ने गरेको निष्कर्ष निकालेको छ ।

उत्तर कोरियाले विनाशकारी हतियारको विकासको ४० प्रतिशत खर्च साइबर हमलाबाट आर्जन गरेको छलफल भएको बैठकमा सहभागी एक सदस्यले बताए । क्रिप्टो–सम्पत्ति (भर्चुअल मुद्रा)सँग सम्बन्धित कम्पनीहरूलाई गरिएको ५८ साइबर आक्रमणहरूको अनुसन्धान गरिरहेको जानाइएको छ । जसमा उत्तर कोरियामा संलग्न रहेको आरोप छ । उक्त साइबर हमलाबाट करिब ३ अर्ब अमेरिकी डलर क्षति भएको अनुमान गरिएको छ ।

प्रतिवेदनले उत्तर कोरियाले साइबर हमलाहरूमार्फत हतियारको खाका तयारी सम्बन्धि जानकारीका साथै बौद्धिक सम्पत्ति पनि चोरी गरेको र चोरी भएको बौद्धिक सम्पत्ति सम्बन्धि जानकारी बेचेर थप रकमको व्यवस्था गर्न सक्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2024
Website | + posts