अफगानिस्तानमा भएको विस्फोटमा २१ जनाको मृत्यु

अफगानिस्तानमा भएको विस्फोटमा २१ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, चैत ९ । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ। बिहीबार अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जनाएको छ।

सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो। विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ। उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ। कान्दाहारमा तालिबानका सर्वोच्च कमाण्डर बस्छन्।

बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ।
यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2024
Website | + posts