अफगानिस्तानमा भएको विस्फोटमा २१ जनाको मृत्यु

अफगानिस्तानमा भएको विस्फोटमा २१ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, चैत ९ । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ। बिहीबार अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जनाएको छ।

सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो। विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ। उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ। कान्दाहारमा तालिबानका सर्वोच्च कमाण्डर बस्छन्।

बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ।
यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो।

Published Date: 22 March 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय