मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या

मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या : Icon Khabar

धनुषा, चैत ८ । धनुषामा मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुई जनाले आफ्नै साथीको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर साथीकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । उनले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार रमजानको समय सकिएपछि तीन जना साथी मिलेर घर नजिकै रहेको आँप बगैँचामा मादक पदार्थ सेवन गरी फर्किने बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद भएको थियो । विवाद हुँदा दुई जनाले साथी नदाफको घाँटीमा चक्कुले प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता अवाले बताए । नदाफको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने