मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या

मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या : Icon Khabar

धनुषा, चैत ८ । धनुषामा मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुई जनाले आफ्नै साथीको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर साथीकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । उनले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार रमजानको समय सकिएपछि तीन जना साथी मिलेर घर नजिकै रहेको आँप बगैँचामा मादक पदार्थ सेवन गरी फर्किने बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद भएको थियो । विवाद हुँदा दुई जनाले साथी नदाफको घाँटीमा चक्कुले प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता अवाले बताए । नदाफको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Published Date: 21 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास