ख्वप कलेजमा उद्यमशीलतासँग सम्बन्धित कानुनी प्रावधानका विषयमा प्रशिक्षण

ख्वप कलेजमा उद्यमशीलतासँग सम्बन्धित कानुनी प्रावधानका विषयमा प्रशिक्षण : Icon Khabar

भक्तपुर, चैत ८ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तर्गत उद्यमशीलताका विभिन्न विषयमा प्रशिक्षण तथा तालिम सञ्चालन भईरहेको छ ।

कम्पनी, व्यापार व्यवसाय सञ्चालन गर्न विभिन्न कानुनी प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ । सफल उद्यमी बन्ने चाहना बोकेका हरेक व्यक्तिले कानुनी प्रावधानहरुबारे विशेष चासो राख्नु जरुरी छ । सोहि कारण प्रशिक्षार्थीहरुलाई कानुनी ज्ञान प्रदान गर्नको लागी बुधबार नेपाल कानुन अध्ययन समाजका अध्यक्ष तथा अधिवक्ता रामप्रसाद प्रजापतिले कम्पनि दर्ता सम्बन्धी ऐन नियमका साथै उद्यमशीलतासँग सम्बन्धित अन्य कानुनी प्रावधानका विषयमा प्रशिक्षण दिएका थिए ।

उनले कानुनको अनविज्ञता क्षम्य नहुने भएकोले सर्वसाधारणदेखि व्यवसायी तथा उद्यमीले कानुनको अध्ययन गरि यसको परिपालना गर्नुपर्ने विषय औंल्याए । उद्यमी बन्ने उद्देश्य राखेका विद्यार्थीहरुसँगको अन्तक्रियामा विभिन्न कानुनी समस्या तथा जिज्ञासाका बारेमा प्रकाश पार्दै नेपालको संविधान र विद्यमान कानुनका विषयमा जानकारी दिए।

उनले भने,”कुनै पनि व्यवसाय सुरुवात गर्न सजिलो पक्कै हुदैन यसका लागी विशेषः कडा मेहनत र धैर्यताको आवश्यक पर्दछ । त्यसैले कतिपय उद्यमीहरु हो हल्लाको भरमा आफनो ठुलो लगानी लगाई व्यवसायको सुरुवात गर्ने गर्दछन् । तर सोचे जस्तो सफलता नपाउने वितिकै त्यसलाई चटक्कै छोडने गर्दछ ।”

उनले थपे,”कतिपय समयमा हार र असफलतालाई पनि खुसी साथ आत्मसाथ गर्नु पर्दछ । त्यस्ता व्यक्तिले मात्र असफलतालाई सफलतामा बदल्न सक्दछन् । यसको लागी उद्यमीहरुले कानुनी प्रावधानहरु बुझनु पर्दछ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts


ताजा
देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु
शनिबारसम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु
आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक