राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, चैत ८ । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो।

सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Published Date: 21 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास