देशभर ‘महाजात्रा’लाई २३४ शोज, बिष्फोटक ओपनिङको अपेक्षा

देशभर ‘महाजात्रा’लाई २३४ शोज, बिष्फोटक ओपनिङको अपेक्षा : Icon Khabar

काठमाडौँ, चैत ८ । चैत्रको ९ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका हलले उच्च शोज दिएका छन् । जसकाकारण, यो फिल्मले शुक्रबार र शनिबार बिष्फोटक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् । साथै, सिंगल हलहरुको समेत शोज हेर्दा फिल्मले साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ । यसैले, फिल्मले उच्च अकुपेन्सीका साथ दर्शकको साथ पाएको खण्डमा ओपनिङ बिष्फोटक हुनेछ ।

विशेषगरि, यो फिल्मलाई क्यूएफएक्स चेनले देशभर ६७ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाजको नयाँ बाँनेश्वरको हलमा ९ र कालिमाटीको हलमा ७ शो उपलब्ध गराइएको छ । बिग मुभिजले ५ शोज, क्यूज सिनेमाजले ९ शो, बिएसआरले ६ शो, सिने डी सेफले ६ शो, एफक्यूबले ७ शो, विश्वज्योती सिनेमाजले ८ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिने सिनेमाजले ७ शो, इन्फिनिटी मुभिजले ५ शो, आइएनआई अन्तर्गतको लोत्से मलमा ५ शो, बाँनेश्वरको आइएनआईमा ७ शो र बुटवलमा रहेको आई एन आईमा ५ शो उपलब्ध गराइएको छ ।

फिल्मका निर्देशक प्रदीप भट्टराईले देशभर प्राप्त शो आफूहरूप्रति विश्वास रहेको बताए । साथै, उनले हलसम्म पुग्ने दर्शकको पैसा र समय खेर नजाने पनि विश्वास दिलाएका छन् । प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन