सोमबार सामान्य अंक बढ्यो नेप्से

सोमबार सामान्य अंक बढ्यो नेप्से : Icon Khabar

काठमाडौं, चैत ५ । सोमबार नेप्से परिसूचक ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स १.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ बर्अ ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०३ स्टकको ५३ हजार २५६ पटकको कारोबारमा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने आज सर्वाधिक ५.१५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको साढे १३ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। आज विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको हो। कारोबारमा आएको बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू