केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र : Icon Khabar

काठमाडौं, चैत ५ । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्नेछन् ।’ नारी प्रधान चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घरभित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् ।

समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’ मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन् ।

 केकीले गृहमन्त्री लामिछानेलाई लेखेको खुलापत्र
प्रिय रवि दाइ,
तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा फेरि मनले एउटा आशा बोकेको छ ।
–आशा यो छ कि देशमा सुशासन छाउनेछ ।
–कोही पनि अपराधीहरु छुट्ने छैनन् ।
–कानुनको दायरामा आउनुपर्नेलाई निसंकोच ल्याइनेछ।
–हरेक महिलाले आफूलाई घरभित्र र बाहिर सुरक्षित पाउने छन् ।
–हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन् ।
–यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा ।
–हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्ने छन् ।
सफल कार्यकालको शुभकामना !!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू