केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र : Icon Khabar

काठमाडौं, चैत ५ । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्नेछन् ।’ नारी प्रधान चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घरभित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् ।

समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’ मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन् ।

 केकीले गृहमन्त्री लामिछानेलाई लेखेको खुलापत्र
प्रिय रवि दाइ,
तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा फेरि मनले एउटा आशा बोकेको छ ।
–आशा यो छ कि देशमा सुशासन छाउनेछ ।
–कोही पनि अपराधीहरु छुट्ने छैनन् ।
–कानुनको दायरामा आउनुपर्नेलाई निसंकोच ल्याइनेछ।
–हरेक महिलाले आफूलाई घरभित्र र बाहिर सुरक्षित पाउने छन् ।
–हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन् ।
–यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा ।
–हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्ने छन् ।
सफल कार्यकालको शुभकामना !!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी