रूसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन बिजयी

रूसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन बिजयी : Icon Khabar

काठमाडौं, चैत ५ । रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जितेका छन् । उनी पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका हुन । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।

रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५.०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गरेका हुन । रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ ।

मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताए । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको हो । अन्तिम परिणामहरू मार्च २८ भन्दा पछि सिइसीद्वारा पुष्टि गरिनेछ । पुष्टि भएको तीन दिन भित्र घोषणा गरिनेछ।

जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।

Published Date: 18 March 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?