एक वर्षको अवधिमा क्यूआर माध्यमबाट हुने भुक्तानी ११२ प्रतिशतले बढ्यो

एक वर्षको अवधिमा क्यूआर माध्यमबाट हुने भुक्तानी ११२ प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ३० । एक वर्षको अवधिमा क्यूआर माध्यमबाट हुने भुक्तानी ११२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष माघको तुलनामा यस वर्ष क्यूआरमार्फत हुने भुक्तानी उल्लेखनीय रूपमा बढेकाे हाे ।

केन्द्रीय बैंकले निकालेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७९ को माघ महिना (जनवरी-फेब्रुअरी २०२३) मा क्यूआरमार्फत १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने कारोबारको रकम बढेर ३७ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ क्यूआर माध्यमबाट भुक्तानी भएको छ । अर्थात् एक वर्षको अवधिमा क्यूआर कोडमार्फत हुने भुक्तानी ११२.४०६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै २०७९ को माघमा वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । २०८० को माघ महिनामा भने वालेटबाट हुने कारोबार रकम बढेर २३ अर्ब ८७ करोड २० लाख रुपैयाँ पुगेको छ । अर्थात् एक वर्षको अवधिमा वालेटबाट हुने कारोबार ३९.४६ प्रतिशतले बढेको छ ।

तथ्याङ्कले ईकमर्सबाट हुने कारोबार पनि बढेको देखाएको छ । माघ २०७९ मा ईकमर्सबाट ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।माघ २०८० मा ईकमर्सबाट ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो समय इन्टरनेट बैंकिङमार्फत हुने कारोबार कहिले बढ्ने र कहिले घट्ने गरेको देखिएको छ । तर, एक वर्षको अवधिमा भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तुलना गर्ने हो भने भुक्तानीको रकम बढेको देखिन्छ । माघ २०७९ मा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थात् एक वर्षको अवधिमा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार १२.१७ प्रतिशतले बढेको छ ।

त्यस्तै मोबाइल बैंकिङमार्फत हुने कारोबार एक वर्षको अवधिमा ६८.१३ प्रतिशतले बढेको छ । माघ २०७९ मा उक्त माध्यमबाट एक खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । माघ २०८० मा भने दुई खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्र बैंकको तथ्याङ्कले कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको छ । माघ २०७९ मा कनेक्ट आईपीएसबाट तीन खर्ब २८ अर्ब तीन करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । माघ २०८० मा यस माध्यमबाट हुने कारोबार रकम चार खर्ब ५२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसरी एक वर्षको अवधिमा कनेक्ट आईपीएस मार्फत हुने भुक्तानी ३८ प्रतिशतले बढेको हाे ।

Published Date: 13 March 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी