अल्लू अर्जुनका फिल्म निर्देशक एटली कुमारको पारिश्रमिक ६० करोड

अल्लू अर्जुनका फिल्म निर्देशक एटली कुमारको पारिश्रमिक ६० करोड : Icon Khabar

मुम्बई, फागुन ३० । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् । अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् ।

फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् । उनले झण्डै ६० करोड रुपैंयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो । तर एटलीको फिल्मको व्यापार तथ्यांकलाई हेर्दा भने धेरैले यो पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् ।

एटली यतिबेला नयाँ फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छन् । अहिले फिल्मको कथालाई अन्तिम रुप दिने काम भइरहेको छ । यदि सबै कुरा ठीकठाकसँग चल्यो भने अल्लू र एटली फिल्म ‘पुष्पा २’ रिलिजपछि सुटिङमा जानेछन् । अल्लूले ‘पुष्पा २’ पछि निर्देशक क्रिविक्रम श्रीनिवासको नयाँ फिल्म सुरु गर्नुअघि एटलीको फिल्म पुरा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला