अल्लू अर्जुनका फिल्म निर्देशक एटली कुमारको पारिश्रमिक ६० करोड

अल्लू अर्जुनका फिल्म निर्देशक एटली कुमारको पारिश्रमिक ६० करोड : Icon Khabar

मुम्बई, फागुन ३० । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् । अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् ।

फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् । उनले झण्डै ६० करोड रुपैंयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो । तर एटलीको फिल्मको व्यापार तथ्यांकलाई हेर्दा भने धेरैले यो पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् ।

एटली यतिबेला नयाँ फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छन् । अहिले फिल्मको कथालाई अन्तिम रुप दिने काम भइरहेको छ । यदि सबै कुरा ठीकठाकसँग चल्यो भने अल्लू र एटली फिल्म ‘पुष्पा २’ रिलिजपछि सुटिङमा जानेछन् । अल्लूले ‘पुष्पा २’ पछि निर्देशक क्रिविक्रम श्रीनिवासको नयाँ फिल्म सुरु गर्नुअघि एटलीको फिल्म पुरा गर्नेछन् ।

Published Date: 13 March 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु