ताथलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

ताथलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु : Icon Khabar

भक्तपुर, फागुन २९ । मंगलबार भक्तपुर जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ।

ताथलीमा रहेको ताथली ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउनको लागि जग खन्ने क्रममा अचानक माटोको ढिस्को खस्न गई जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ६ उर्लाबारी घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ हलाल गाँउ बस्ने वर्ष १६ को जसन स्याङतानको मृत्यु भएको हो।

माटोको ढिस्कोले पुरिएको छ भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रहरी प्रभाग सुडालबाट प्र.ब.ना.नि को कमाण्डमा प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि ख्वप अस्पताल च्यामासिंह लागिएको मा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।

Published Date: 12 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास