ताथलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

ताथलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु : Icon Khabar

भक्तपुर, फागुन २९ । मंगलबार भक्तपुर जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ।

ताथलीमा रहेको ताथली ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउनको लागि जग खन्ने क्रममा अचानक माटोको ढिस्को खस्न गई जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ६ उर्लाबारी घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ हलाल गाँउ बस्ने वर्ष १६ को जसन स्याङतानको मृत्यु भएको हो।

माटोको ढिस्कोले पुरिएको छ भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रहरी प्रभाग सुडालबाट प्र.ब.ना.नि को कमाण्डमा प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि ख्वप अस्पताल च्यामासिंह लागिएको मा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 12 March 2024
Website | + posts


ताजा
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान
स्वस्थ जीवनशैलीका लागि सन्तुलित भोजन र नियमित व्यायाम आवश्यक
तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू