राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा पदभार ग्रहण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा पदभार ग्रहण : Icon Khabar

काठमाडौँ, फागुन २९ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उनले पदभार ग्रहण गरेका हुन्।

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन्।

पदभार ग्रहणअघि शितलनिवासमा दाहालले शपथ लिएका थिए।

मंगलबारको राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएका थिए। दाहालले ३९ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका थिए।

Published Date: 12 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास