राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा पदभार ग्रहण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा पदभार ग्रहण : Icon Khabar

काठमाडौँ, फागुन २९ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मंगलबार साँझ उनले पदभार ग्रहण गरेका हुन्।

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन्।

पदभार ग्रहणअघि शितलनिवासमा दाहालले शपथ लिएका थिए।

मंगलबारको राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएका थिए। दाहालले ३९ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2024
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी